बढुवा पदको ग्रेड समायोजन सम्बन्धि जानकारी
यस जिल्ला अन्तरगतका सम्पूर्ण मा.वि.रूनि.मा.वि. तथा प्रा.वि. तर्फको स्वीकृत दरबन्दीमा कार्यरत हालसालै बढुवा भएका सम्पूर्ण तह र श्रेणीका शिक्षकहरुको बढुवा पदको तलब समायोजन गर्नु परेको अवस्थामा साविक पदमा खाइपाइ आएको तलब ग्रेड भन्दा बढुवा हुँदाको तलब स्केल कम हुन गएको अवस्थामा जे जति रकम कम हुन गएको छ, सो कम रकमलाई बढुवा पदमा पाउने ग्रेड रकमले भाग गरि आएको भागफलमा शेष नआएमा एक ग्रेड थप गरि ग्रेड संख्या कायम गर्ने, यदि भागफलमा शेष आएमा दुई ग्रेड थप गरि ग्रेड संख्या कायम गर्ने ।
उदाहरण :
प्रा.शि. तृतीय श्रेणीमा खाइपाइ आएको तलब र ग्रेड १५३००।०० छ , भने त्यस अवस्थामा प्रा.शि. द्धितिय श्रेणीमा बढुवा हुनेको ग्रेड यस प्रकारको हुनेछ :
साविक पदमा खाइपाइ आएको तलब १५३००।–
बढुवा पदको तलब स्केल १४४८०।–
फरक रकम(घटी रकम) ८२०।–
८२०÷१२०= ६.८४ लाई ७ ग्रेड कायम गरि त्यसमा एक ग्रेड थप गर्ने (१२०×८ ग्रेड =९६०।– कायम गर्ने) ।