सरकारको शैक्षिक नीति तथा
योजनाको आधारमा जिल्लामा विभिन्न शैक्षिक विकास कार्यक्रमहरु तयार गरी
कार्यान्वयन गर्ने गराउने
विद्यालय र स्रोतकेन्द्रहरुको
सुपरीवेक्षण गरी विद्यार्थी, शिक्षक, प्रअ र स्रोतब्यक्तिलाई पृष्ठ पोषण दिने
जिल्लाको शैक्षिक प्रगतिको
अनुगमन तथा मूल्या‚न गर्ने
शिक्षकहरुको नियुक्ति, पदस्थापना,
सरुवा सम्बन्धी कार्य र अभिलेख राख्ने
विद्यालय शिक्षक लगाएत शैक्षिक
तथ्या‚को बार्षिक र आवधिक प्रतिवेदन तयार
गर्ने
नयां विद्यालय स्थापना र
विद्यमान विद्यालयको सुदृढीकरण गर्ने
अतिरिक्त क्रियाकलाप सम्बन्धी
कार्यक्रम संचालन गर्ने
जिल्ला स्तरीय एवम् एस. एल. सी.
परीक्षा संचालन गर्ने
विद्यालयमा विद्यार्थीको पहुंच
एवम् गुणस्तर बृद्धिका लागि कार्यक्रम संचालन गर्ने
शैक्षिक सूचना संकलन, विश्लेषण
र प्रबोधीकरण गर्ने
सरोकारवालाहरुको क्षमता
अभिबृद्धिकालागि कार्यक्रम संचालन गर्ने
शैक्षिक कार्यक्रम संचालनार्थ
सरकारी निकाय, गैसस र अन्य संघ संस्थाहरुसंग समन्वय गर्ने
केन्द्रीय एवम् क्षेत्रीय
निकायहरुबाट तोकिएका कार्य सम्पादन गर्ने