परिचय

 

शैक्षिक प्रशासनको संगठनात्मक स्वरुपमा तल्लो निकायका रुपमा ७५ ओटै जिल्लामा एक-एक जिल्ला शिक्षा कार्यालय स्थापना गरिएको छ । मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिपेक्षमा मन्त्रालयबाट संचालित नीति योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयलाई लिइन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागबाट स्वीकृत गरिएका बार्षिक कार्यक्रमहरु कार्यान्वयन, जिल्ला स्तरीय शैक्षिक विकास कार्यक्रमको योजना तर्जूमा गरी कार्यान्वयन गर्नु र जिल्ला स्थित विद्यालयहरुको नियमन, निरीक्षण तथा शैक्षिक सुनिश्चितताका लागि जिल्ला शिक्षा कार्यालयको महत्वपुर्ण भूमिका रहन्छ ।

Read More