यस वेबसाईट मा यहाँलाई स्वागत छ!

जिल्लाको शैक्षिक क्रियाकलापलाई पारदर्शी एवं सुचनाको पहुंच सबैं क्षेत्रमा पुर्‍याउन यो वेवसाइट निर्माण गरिएको छ। यसलाई अझ परिस्कृत एवं व्यवहारिक बनाउन यहांहरुको अमुल्य सझावको अपेक्षा गर्दै साइट अवलोकन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं ।

शैक्षिक प्रशासनको संगठनात्मक स्वरुपमा तल्लो निकायका रुपमा ७५ ओटै जिल्लामा एक-एक जिल्ला शिक्षा कार्यालय स्थापना गरिएको छ । मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिपेक्षमा मन्त्रालयबाट संचालित नीति योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयलाई लिइन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागबाट स्वीकृत गरिएका बार्षिक कार्यक्रमहरु कार्यान्वयन, जिल्ला स्तरीय शैक्षिक विकास कार्यक्रमको योजना तर्जूमा गरी कार्यान्वयन गर्नु र जिल्ला स्थित विद्यालयहरुको नियमन, निरीक्षण तथा शैक्षिक सुनिश्चितताका लागि जिल्ला शिक्षा कार्यालयको महत्वपुर्ण भूमिका रहन्छ ।

Our सूचना तथा परिपत्र